फुलबारी नहरबाट अज्ञात व्यक्तिको शव उद्धार

IMG_20221223_154316.jpg

सिलगढी: सिलगढी शहर नजिकै रहेको फुलबारी नहरबाट शुक्रबार एक अपरिचित व्यक्तिको शव फेला परेको छ। बिहान स्थानीयले फुलबारीको महानन्द ब्यारेजको ७ नम्बर गेटमा थुनिएको अवस्थामा शव फेला पारेका थिए। घटनाबारे फासीदेवा प्रहरी चौकीलाई खबर गरिएको थियो। खबर पाएलगत्तै फासीदेवा प्रहरी चौकीको प्रहरी र विपद् व्यवस्थापन टोली घटनास्थलमा पुगेर एक घण्टाको प्रयासपछि शव बाहिर निकालेको थियो। मृतकको उमेर लगभग ५० वर्ष रहेको छ। शव १५ दिन अगाडिको हुन सक्ने उद्दारकर्मीको प्रारम्भिक अनुमान छ। तर, शवको पहिचान हुनसकेको छैन। शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement