पाघालु पाड़ा युवक संघको तत्त्वावधानमा आयोजन गरिने डे-नाइट फूटबल टुर्नामेण्टको फिक्स्चर जारी गरियो। २५ दिसम्बर (आइतवार)-मा हुने यस टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिनेछ। जलपाइगढ़ी स्थित स्वर्गीय चन्द्रनाथ रोय मैदान (पाघालु पाड़ा, साहुडांगी हाट)-मा हुने यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।