हाम्रो निम्ति यो ठूलो उपलब्धि हो: अनित थापा
टीआरआई समाचार-
दार्जीलिङ: जीटीए अधिनस्थ १४ वटा पाठशालाहरुलाई पश्चिम बङ्गाल सरकारको शिक्षा विभागद्वारा सरकारी मान्यता अनि सरकारी सहयोग प्राप्त पाठशालाको रुपमा घोषणा गरेको छ। यसबारेमा शिक्षा विभागको डेपुटी सेक्रेटरीको तर्फबाट जीटीएलाई पत्र प्राप्त भएको छ।
मान्यता प्राप्त गर्ने १४ वटा पाठशालाहरु यसप्रकार छन्:
१. अगम सिंह गिरी जूनियर हाई स्कूल, मङपू
२. लकुं भ्याली जुनियर हाई स्कूल, मङपू
३. रसदल गाउँ जुनियर हाई स्कूल, मिरिक
४. जगपाल जुनियर हाई स्कूल, मिरिक
५. फुबछिरिङ्ग जुनियर हाई स्कूल, दार्जीलिङ सदर
६. सेलिमबोङ जुनियर हाई स्कूल, सूखिया पोखरी
७. पारिजात मेमोरियल जुनियर हाई स्कूल, पुलबजार
८. कर्नर स्टोन जुनियर हाई स्कूल, मङपू
९. ओरेन्ज भिल जुनियर हाई स्कूल, सूखिया पोखरी
१०. माङपाङ जुनियर हाई स्कूल, कालेबुङ
११. बीएम जुनियर हाई स्कूल, कालेबुङ
१२. अपर लदाम जुनियर हाई स्कूल, कालेबुङ
१३. फाफर खेती जुनियर हाई स्कूल, गुरुबथान
१४. साङसेर जुनियर हाई स्कूल, गुरुबथान
यी स्कूलहरुले मान्यता प्राप्त गरेपछि जीटीएका प्रमुख कार्यपाल अनित थापाले भने, ‘हामीले शुरु गरेको पहलको सकरात्मक परिणाम पाएका छौंl हाम्रो निम्ति यो ठूलो उपलब्धि हो। कर्म नै हाम्रो सिद्धान्त हाम्रो मूल मन्त्र हो। यही मन्त्र जप्दै यसरी पहाड लाई हामी अघि बढाएर लैजान्छौ। १४ वटा स्कूलका विद्यार्थी, शिक्षकगण, अभिभावक, म्यानेजिङ कमिटी अनि शिक्षक संगठन सबैलाई बधाईl’