जी २०का संयोजकसित अनित थापाको भेट

IMG-20221222-WA0070.jpg

(जी २०) का मुख्य संयोजक हर्षवर्धन श्रृङला संग अनित थापाले भेट गरे। जी २० को अध्यक्षता भारतले गरेका छन्। यसैको सन्दर्भमा भारतको विभिन्न स्थानहरूमा कार्यक्रमहरु आयोजना हुने भएको छ। दार्जीलिङलाई पनि पर्यटनको निम्ति चयन गरिएको विषयमा हर्षवर्धन श्रृङलाले बताए। पर्यटनलाई लिएर जी २० को व्यानरमा हुने कार्यक्रम हरुले दार्जीलिङको पर्यटनलाई अझ प्रोत्साहन मिल्नेछ। ज्ञात रहोस हर्षवर्द्धन श्रृङ्ला भारत सरकारको विदेश सचिव पदमा पनि रहनु भएको थियो। पर्यटकहरुको निम्ति दार्जीलिङको मनोरम दृष्यहरुले आकर्षित गर्छ।हरेक दार्जीलिङ्ग पहाड अर्थात् जी टी ए क्षेत्रका जनताको निम्ति पहाडलाई नयाँ दिशा तर्फ लैजान नयाँ तरिकाले सोच्ने समय हो भन्ने विचार जिटिए‌ चीफ अनित थापाले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement