जलपाइगढी- शारीरिक अस्वस्थताका कारण एक युवकले कीटनाशक खाएर आत्महत्या गरेका छन् । यो सनसनीपूर्ण घटना जलपाइगढी सदर ब्लकको रंगधामाली क्षेत्रमा भएको हो । मृत्यु हुने युवकको नाम हमिदुल इस्लाम रहेको छ । तिनी लामो समयदेखि बिरामी रहेको बताइएको छ । तिनको जलपाइगढी र उत्तर बङ्गाल मेडिकल कलेज अस्पताललगायत विभिन्न ठाउँमा उपचार गरिएको थियो। यति हुँदाहुँदै पनि तिनी निको हुन नसकेर निराशासँग सङ्घर्ष गरिरहेका थिए । यही निराशाका कारण तिनले आत्महत्या गरेको आफन्तको अनुमान छ । मृतक युवकका काका समशेर अलीले बिरामीका कारण हमिदुल राम्ररी हिँडडुल गर्न नसक्ने बताए । जसका कारण बारम्बार खसेको कारण तिनको हातखुट्टा भाँचिएको थियो । जसका कारण तिनलाई निकै पीडा भयो। यही निराशाले आत्महत्याको बाटो रोजेको तिनीहरूको अनुभव छ ।