सिलगढी- घटना बुधबार बिहान लगभग ५ बजे माटिगारा ब्लक अन्तर्गत शिवमन्दिरको चैतन्यपुर क्षेत्रमा भएको हो । लापरवाह डम्परले बिजुलीको पोललाई धक्का दिएर हल्लाएको छ । उक्त स्थानमा कल्भर्ट निर्माणको काम भइरहेकोले त्यहाँबाट गुड्ने सवारीसाधन सावधानीपूर्वक गुड्नु परेको छ । तर बेवास्ता गरेको डम्पर बिजुलीको पोलमा ठोक्कियो । जसका कारण बिजुलीको पोल हल्लिएर जुनसुकै बेला ढल्ने अवस्था छ । घटनास्थल नजिकै विद्यालय र कैयौं घर रहेकाले ठूलो दुर्घटना हुन सक्ने स्थानीयवासीले डराउँछन् । यस विषयमा स्थानीय पञ्चायत सदस्य सरस्वती बर्मनले बताउनुभयो । लामो समयदेखि यस सडकमा डम्पर गुडेकाले स्थानीयवासीले निकै समस्या भोग्नुपरेको छ । तर आश्वासन पाउँदा पनि काम हुन सकेको छैन –