सिलगढी- पूर्व धनसरा जनकल्याण समिति गैरसरकारी संस्थाको दशौं वार्षिकोत्सवको अवसरमा बिहीबार सामाजिक सेवा कार्यक्रमको आयोजना गरिएको छ । यसअन्तर्गत रक्तदान शिविर, स्वास्थ्य परीक्षण शिविर, आँखा जाँच शिविर, बालबालिकाको चित्रकला प्रतियोगिता, तीन विधामा महिलाका लागि आत्मरक्षा सचेतना शिविर, साँस्कृतिक कार्यक्रम र खाँचोमा परेकाहरुलाई कम्बल वितरण कार्यक्रम बिहानैदेखि गरिएको थियो । कार्यक्रममा एम्बुलेन्स दादा करिमुल हक विशेष अतिथि थिए । कार्यक्रममा पत्रकारहरूलाई पनि सम्मान गरिएको थियो ।