लोसुङ-नामसुङको बधाई टक्राए सिक्किमका राज्यपालले

photocollage_20228723517446.jpg

गान्तोक: लोसुङ-नामसुङको शुभ अवसरमा सिक्किमका मानिसहरूमा हार्दिक बधाई सिक्किमका राज्यपाल गंगा प्रसादले व्यक्त गरेका छन्। राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, लोसुङ-नामसुङ भोटिया लेप्चा जनजातिको एउटा पारम्परिक चाड हो। यस अवसरमा किसानहरू आफ्ना फसलहरूको कटाईको खुशी मनाउँछन्। सबै चाडले हामीलाई आफ्नो समृद्ध संस्कृतिक विरासत, विराट संस्कृतिक परम्परा र प्रकाशित संस्कृतिक चेतनाको संवर्धन अनि संरक्षण गर्न शिक्षा प्रदान गर्दछ। राज्यपालले सिक्किमका मानिसहरूलाई स्थानीय संस्कृति संरक्षित गर्ने र यसलाई अगाडि बढाएर लैजान आग्रह गरेका छन्। यो अवसरले हाम्रो समग्र संस्कृतिलाई समृद्ध बनाएर लैजाउन् अनि सबै सिक्किमवासीहरूमा शान्ति, समृद्धि र सद्भाव स्थापित गरून् भनी उनले कामना पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement