कृषकहरूलाई आलुको बीउ वितरण

20-44-04-bit2-1024x540.jpg

मिरिक: आज मिरिक बस्ती डुप्टिन नम्बर १० का कृषकहरूलाई कृषक विभागले निःशुल्क आलुको बीउ वितरण गर्यो। विभागले आलु खेतीलाई विकसित गर्न अनि आलु खेती गरेर कृषकहरूले आमदानी गर्न सकोस् भनेर प्रत्येक कृषकलाई आलुको बीउ वितरण गरेको विभागले जानकारी गराएको छ। आलुको बीउ वितरण कार्यक्रममा मिरिक महकुमाका कृषि सह निर्देशिका श्रीमती विभूति रिजाल, क्षेत्रीय सभासद मिलेस राई, भागोप्रमो का स्थानीय नेताहरू ओमकार सुब्बा, राजीव सुब्बा, मिलन तामाङ, कमल जिम्बा आदि उपस्थित थिए।

यस अवसरमा मिरिक महकुमाका कृषि सह निर्देशिका श्रीमती विभूति रिजालले आलु खेतीबारे विस्तृत जानकारी गराउँदै आलु खेतीबाट हुने आयबारे विस्तृत रूपमा बताइन्। यसको साथै जंगली जानवारले खेती नष्ट गरेपछि कसरी खेतीको वीमा गर्न सकिन्छ भन्ने विषयमा पनि तिनले कृषकहरूलाई जानकारी गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement