सिलगढी: आज साहित्य अकादमीले अकादमी पुरस्कारको घोषणा गरेको छ। यस वर्षको साहित्य अकादमी पुरस्कार नेपाली भाषाका निम्ति केबी नेपालीद्वारा लिखित ‘साइनो’ नाट्य कृतिका निम्ति दिइने भएको छ। नेपाली भाषाबाट ‘साइनो’ नाट्य कृतिलाई ज्युरीहरूमा क्रमैले भवनी शर्मा, डा. गोकुल सिन्हा र डा. पुष्पा शर्माले सर्वसम्मतिले पारित गरेको बताइएको छ। प्राप्त जानकारीअनुसार नेपाली साहित्य अकादमी पुरस्कारको निम्ति अन्तिम चरणमा जम्मा ७ वटा कृतिहरू पुगेको थियो। उक्त कृतिहरू क्रमैले – १. अनौठो सम्झौता – कथासङ्ग्रह (हस्त नेचाली). २. विमर्शको कसीमा जीवन नाम्दुङको भक्तबहादुरहरू -आलोचना (सुकराज दियाली), ३. एकान्तवासमा कविता सङ्ग्रह (विचन्द्र ), ४. कथा कतिपय मेरा कथा सङ्ग्रह (थिरुप्रसाद नेपाल), ५. महाकाल सिसुपस – कविता सङ्ग्रह (रेमिका थापा), ६. मणिकुट कविता सङ्ग्रह (नव सापकोटा) अनि ७. साइनो नाटक (केबी नेपाली) रहेको थियो। जसमध्ये ज्युरीहरूले साइनो नाट्य कृतिलाई चयनित गरेपछि आज साहित्य अकादमीले यसको घोषणा गरेको छ।