मङ्पु सरस्वती उच्चतर माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम एवम् विदाइ समारोह

photocollage_20221222203410783.jpg

मङ्पु: सरस्वती उच्चतर माध्यमिक विद्यालय‌ मङपुको वार्षिक कार्यक्रम एवम् विदाई समारोह समपन्न भयो।प्राध्यापिका चन्द्रकला राईको अध्यक्षता सम्पन्न भएको यस कार्यक्रममा विद्यालयका नानीहरुले खुबै सुन्दर गीत तथा नृत्यहरू प्रस्तुत गरेका थिए। बार्हौ श्रेणीका नानीहरुलाई विद्यालय परिवारको पक्षबाट स्मृति चिन्ह प्रदान गरेर विदाइ गरियो। यसको साथै कार्यक्रममा एनसीसी का शिक्षक राजा गुरुङ सहित नानीहरुलाई पनि विद्यालय परिवारले स्मृति चिन्ह प्रदान गर्दै सम्मान जनायो। शिक्षक अमृत खड्का अनि पप्पु छेत्रीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि केबी गिरीले आफ्नो छोटो सम्भाषणमा सरस्वती विद्यालयको नाम शिक्षक-शिक्षिका अनि छात्र-छात्राले सधैं रोशन राख्ने कुरामा आफु विश्वस्त रहेको जनाए। सरस्वती उच्चतर ज्ञापन सरस्वती उच्चतर माध्यमिक विद्यालय मङपु कार्यक्रम यस अवसरमा विद्यालय परिवारको पक्षबाट ‘धनमान बगाले स्मृति मेधा पुरस्कार २०२२’ उच्च माध्यमिक टपर कश्यप गुरुङलाई, माध्यमिक टपर खुशबु शर्मालाई, जुनियर विभाग अन्तर्गत पाँचदेखि सातौ श्रेणी टपर दिपशा शर्मालाई अनि आठौं र नवौ श्रेणीमा टपर हर्श स्वामीलाई प्रदान गरियो। यसैगरी, ‘एनके बराईली स्मृति सुकन्या पुरस्कार २०२२ रक्षानन्द राईलाई अनि खुशबु शर्मालाई अनि ‘रुपचन्द मेमोरियल स्मृति पुरुस्कार २०२२’ र ‘स्टुडेन्ट अफ द ईयर’ क्रमैले सदम हुसेन मिया अनि स्वेता छेत्रीलाई नगद राशिसहित पुरस्कार प्रदान गरियो। कार्यक्रममा यसै विद्यालयका भूतपूर्व छात्र केवल छेत्रीले सिक्किम विश्वविद्यालयबाट भौतिक बिज्ञान बिषयमा रजत पदक हासिल गरेकोमा तिनलाई विद्यालयको पक्षबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement