कालचिनी- डुवर्स फूटबल एकाडेमीको आयोजनामा आज कालचिनी २२ धुरा स्थित यूरोपियन खेल मैदानमा भेटेरेन्स टोलीहरुबीच फूटबल सम्पन्न भयो| आज यस अवसरमा लिजेन्डरी फूटबलर श्याम थापाको प्रमुख आतिथ्य रहेको थियो भने खेलमा राइनो भेटेरन मदारीहाट बनाम बीरपाड़ा भेटरेन्सबीच खेल सम्पन्न भएको थियो| जम्मा ४० मिनटको खेलमा अन्ततः राइनो भेटेरन मदारीहाटले टाई ब्रेकरमा १-० को अन्तरमा बीरपाड़ा भेटरेनलाई पराजय गर्न सफल भएको थियो|
प्रमुख अतिथि लिजेन्डरी फूटबलर श्याम थापाको बाहुलीबाट खेलाड़ीहरूलाई कप र म्याडल एवम् उपस्थित समाजसेवी औ भेटेरन्स खेलाड़ीहरूलाई सम्वर्द्धना प्रदान गरिएको थियो| कार्यक्रमबारे डीएफए कोचकुमार लामा र आयोजक कमिटीको पक्षबाट पवन योल्मोले लिजेन्डरी फूटबलर श्याम थापालाई आज मैदानमा ल्याउन पाउँदा धेरै खुसी लागेको र वर्तमान खेलाड़ीहरूले लिजेन्डरी फूटबलर श्याम थापाको प्रेरणाले प्रोत्साहन मिल्ने जनाएका छन्|