कालचिनी- लिजेन्ड इन्डियन फूटबलर श्याम थापाको प्रमुख आतिथ्यमा बिहीबार कालचिनी खण्डको हेमिल्टनगञ्ज स्थित बून इङ्गलिस स्कूलको २०औँ बार्षिक खेलकूद औ सांस्कृतिक कार्यक्रम सम्पन्न भयो| गत २० दिसम्बरको दिनदेखि स्कूलको बार्षिक खेलकूद शुरु भएको थियो भने आज अन्तिम दिन स्कूलको बार्षिक कार्यक्रमको प्रमुख अतिथिमा कलकत्ताबाट लिजेन्ड इन्डियन फूटबलर श्याम थापा बून स्कूलमा आईपुग्दा तिनलाई भव्य स्वागत जनाईएको थियो|
स्कूल कार्यक्रममा विद्यार्थीहरूले विविध नाटक, नृत्य औ प्रसिद्ध छऊ नृत्य प्रदर्शन गरेको र अतिथिवर्गमा आईपुगेका अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई रघुवंशी लगायत कोचबिहार र अलिपुरद्वारका दुईजना चिकित्सक डा. बीपी दत्ता र डा. वैद्यले विद्यार्थीहरूको मानसिक औ शारीरिक आत्मबलबारे विचार राखेको थियो| कार्यक्रम सम्बन्थमा बून इङ्गलिस स्कूलको चेयरम्यान पवन कुमार सिंह झॉं ले कोरोना महामारीको ३ बर्ष केही गर्न नसकिएको र यसपाली लिजेन्डरी फूटबलर श्याम थापालाई प्रमुख अतिथिको रुपमा स्कूलमा ल्याउन पाउँदा धेरै गर्व महसूस भएको र कार्यक्रम सफल भएको जनाएका छन्|