डुवर्स डे पालन गर्न कमिटी गठन

517ffce1-edc9-4cea-bbbe-8c6bd8f77671


कालचिनी- डुवर्सबासीले डुवर्स डे पालन गर्नु पर्छ भन्ने सोँच राख्दै आज कालचिनी स्थित रविन्द्र-भानु-बिरसा भवनमा एउटा सभाको आयोजना गरियो| आज उक्त सभामा बानरहाटका समाजसेवी डा. पार्थ प्रतिम ब्यानर्जी लगायत अन्यान्य समाजसेवीहरूको उपस्थिति रहेको थियो|
सभामा डुवर्स डे को औचित्यमाथि चर्चा चलेपछि अन्ततः कालचिनीमा यसपाली डुवर्स डे पालन गरिने निर्णय लिँदै एउटा आयोजक कमिटीको निर्माण गरियो| डुवर्स डे आयोजना कमिटीको सभापतिमा रञ्जित घोष, कार्यकारी सभापतिमा हरि कुजूर सचिवमा कौशल गोले, संयुक्त सचिवमा डा. कमल कुजूर लगायत कार्यकारिणी सदस्यहरूको चयन गरीएको कौशल गोलेले जनाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement