हाम्रो पार्टी भनेको जनताको सेवा गर्न जन्मेको पार्टी हो: सन्नी बम्जन

IMG-20221222-WA0326.jpg

दार्जीलिङ: समष्टिवासीको समस्याहरू बुझ्न तकदाह ग्लेनवर्ण समष्टिको सभासद सन्नी बम्जन गाउँ गाउँको भ्रमणमा लागि परेको छ। यसैक्रममा आज तकदाह ग्लेनवर्ण समष्टि अन्तर्गत दवाई पानी क्षेत्रको भ्रमण गरेका छन्।यस अवधि हाम्रो पार्टीको प्रतिम सुब्बा लगायत पार्टीको क्षेत्रीय कार्यकर्ताहरू पनि साथमा रहेका थिए। दवाई पानीको बासिन्दाहरूले सभासद सन्नी बम्जन र सभासद प्रतिम सुब्बालाई भव्य स्वागत जनाएका थिए। दवाई पानी क्षेत्रको कुना काप्चाहरूको भ्रमण गर्दै सभासद सन्नी बम्जन र सभासद प्रतिम सुब्बाले स्थानीय बासिन्दाहरूको समस्याहरू सुन्यो। स्थानीय बासिन्दाहरूलाई प्रत्येक गाउँको गाउँलेहरूलाई भेला गरेर आफुहरूले भोग्न परिरहेको एंव भोग्दै आईरहेको समस्याहरूबारे अवगत गराएका थिए।

सभासद सन्नी बम्जन र सभासद प्रतिम सुब्बाले हाम्रो पार्टी भनेको जनताको पार्टी हो अनि हाम्रो पार्टीले जनताले भोग्दै आएको समस्याहरूलाई कस्तो प्रकारले समाधान गर्न सकिन्छ भन्ने दिशामा कार्यहरू गर्दै आई रहेको छ अनि आउँने दिनहरूमा पनि गर्नेछ भन्ने बताए। सभासद बम्जनले अधि भने हाम्रो पार्टी जनताको सेवा गर्नलाई जन्मेको पार्टी हो र जनताको समस्यादेखि हाम्रो पार्टी कदापी भाग्ने छैन भन्ने सभासद बम्जनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement