खरसाङको सबै वार्डहरूलाई लिएर च्याऊ खेती विषयमा प्रशिक्षण शिविर सम्पन्न

IMG-20221222-WA0312.jpg

खरसाङ: मेरो गाउँ, मेरो गर्वको नारालाई लिएर जीटीए मुख्य कार्यपाल अनित थापाको विशेष पहल अनि मनोनित सभासद प्रणाम रसाईलीको तत्परतामा खरसाङको नयाँ बजारस्थित टाउन हलमा च्याउ खेती विषयमा सेमिनार सम्पन्न भएको छ। बागवानी विभाग जीटीएको अायोजनामा गरिएको उक्त सेमिनारको अध्यक्षता समीरदीप ब्लोनले गरेका थिए। खरसाङ नगरपालिका अन्तर्गत बीसवटा वार्डहरूका सेल्प हेल्प ग्रुपको ब्यापक सदस्याहरूलाई लिएर च्याऊ खेती विषयमा प्रशिक्षण शिविर आयोजना गरिएको थियो।उक्त शिविरमा भागोप्रमो केन्द्रीय समिति सदस्य समीरदिप ब्लोन, महकुमा युवा शक्ति सभापति पेमेन्द्र गुरूङ, नारी शक्ति केन्द्रीय सदस्याहरु उषा किरण तामङ, प्रभा छेत्री, मैया ठकुरी, टाउन कमिटी सभापति राजु शर्मा, उप सभापतिद्वय सन्दिप बल र पुष्प प्रधान, सह सचिवहरू बिरबल पाखरीन र संजय मुखिया, सांगठनिक सचिव रन्जन गजमेर, कार्यकारिणी सदस्यहरू संजय राउत, विकास तामङ, भोला राउत, सन्तोष परी, आनन्द गुरूङ, टाउन कमिटी नारी शक्ति सभानेत्री सबिता कार्की, मूल सचिवा दिपा छेत्री उपस्थित रहेका थिए। यस सेमिनारमा सेल्प हेल्प ग्रुप जागृति ग्रुप ९ नम्बर वार्डको कोषाध्यक्षले मन्तव्य राखेका थिए। विभिन्न सेल्प हेल्प ग्रुपको सदस्याहरुलाई खदा लगाएर सम्मान जनाइएको थियो। नाईसन भोटिया सिनियर स्यान्टिफिक अफिसर टले उपस्थित सेल्प हेल्प ग्रुपको सदस्यहरुलाई च्याउ खेती विषयमा जानकारी गराएका थिए।

सिनियर टेक्निकल एसिस्टेन्ट पवन प्रधानको उपस्थितिमा यो सेमिनार सम्पन्न भएको थियो। नगरपालिका क्षेत्रमा पनि बागवानी विभाग जीटीएको तर्फबाट च्याउ खेती विषयमा सेमिनार हुनुपर्छ भन्ने विचार गरेर भागोप्रमो केन्द्रीय समिति सदस्यहरू समीरदीप ब्लोन अनि पेमेन्द्र गुरुङको पहलमा यो सेमिनार आयोजना गरिएको जानकारी प्राप्त भएको छ। विभागिय आफिसरले जानकारी गराउँदै जादा सेल्फ हेल्प ग्रुपको सदस्याहरुले नबुझेको कुराहरूको निम्ति प्रश्नहरू गरे। सेमिनारमा उपस्थित सदस्याहरुलाई आउँदो दिनमा प्राक्टिकल रूपले प्रशिक्षण दिने कुराको जानकारी गराए साथै उपलब्ध भ‌एको बर बिजन पनि वितरण गरियो। अन्त्यमा यस सेमिनारको सभाध्यक्ष समीर दिप ब्लोनले सभालाई सम्बोधन गर्दै यस सेमिनारको औचित्य विषयमा जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement