सलुवा: सलुवाको गिरी संस्थानले बर्षेनी संस्थानका सदस्याहरु आफ्नो सरकारी नोकरीबाट अवकाश प्राप्त गरेपछि पहाडतिरै फर्किने क्रममा यस वर्ष संस्थानकै एक कर्मठ संस्थापक सदस्य कवि गीतकार अनि सङ्गीतकार दावा स्यांगबोलाई संस्थाद्वारा विदाई साथै सर्म्बधना गरियो| सलुवाको पृष्ठ भूमिलाई नियालेर हेर्दा उनको योगदान सरहणीय भेटन सकिन्छ| उक्त कार्यक्रमको थालनी संस्थाका मूल सचिव विकास कार्कीद्वारा गरियो भने संस्थानका सभापति तिलक राई “दुमी”को अध्यक्षतामा सम्पन्न भयो| संस्थानका संस्थापक सदस्य स्यांगबोलाई नरायण कोईरालाले टोपी ओड्याएपछि संस्थानका सचिव सचिन खवासले साल ओडाएर यसै क्रममा राजु नेपालले उनलाई प्रदान गरिने प्रसस्ती पत्र पठन गरी नेपालकै बहुलीबाट प्रदान गरियो| संस्थानका उपस्थित सदस्यहरु क्रमैले महेन्द्र मुखिया, वीरबल राई, नोर्देन लेप्चा, तिलक छेत्री र श्रीमती तुलसी छेत्रीले खदा अर्पण गरे| संस्थानका सभापति तिलक राई दुमीले स्यांगबोको बारेमा प्रकाश पारे|









