आगामी २४ दिसम्बर गोजमुमो अध्यक्ष विमल गुरूङ मिरिक भ्रमणमा आउने

669725-bimal

मिरिक: गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरूङ आगामी २४ दिसम्बरदेखि मिरिक भ्रमणमा रहने मोर्चा केन्द्रिय समितिका सहसचिव विनोद खालिङले विहीबार पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी गराएका छन्। भ्रमण अवधि मोर्चा अध्यक्ष बिमल गुरूङले मिरिक महकुमाको चार वाटै समष्टिका पार्टी प्रतिनिधिगण अनि कार्यकर्ताहरूसँग भेटघाट गर्ने बताउदै सोही भ्रमणलाई लिएर बिहीबार पार्टीको महकुमा कार्यालयमा एक सभाको आयोजना गरिएको खालिङले बताएका छन्। तिनले मोर्चा अध्यक्ष बिमल गुरूङ लगभग एक हप्ताको निम्ति मिरिक भ्रमणमा आउने जानकारी प्राप्त भएको बताए। तथापि भ्रमण अवधि कुनै वृहत जनसभा भने हुन्छ वा हुँदैन यसबारे वर्तमानमा केही भन्न सकिने तर यसबारे पनि कुराकानी भने भइरहेको खालिङले बताएका छन्। तिनले अध्यक्षको भ्रमण अवधि पञ्चायत चुनावलाई लिएर पनि अहिले नै कुराकानी अनि रणनीतिहरू तयार गरिने विषयमा पनि स्वयं मोर्चा अध्यक्ष बिमल गुरूङ मिरिक आएर तिनकै निर्देशअनुसार कार्य अघि बढाउने जानाकारी गराएका छन्। यसरी नै पार्टी अध्यक्ष बिमल गुरूङको आगमनमा अपूर्ण जाति अनि माटो प्रेमीहरूलाई उपस्थित भइदिने आह्वान पनि गरेका छन्।

सभामा पार्टीका केन्द्रिय सहसचिव विनोद खालिङ, केन्द्रिय समितिका सदस्य डङ्कन गुरूङ , मिरिक महकुमाका उपाध्यक्ष विजय लेप्चा, महासचिव पूर्णसिंह राई, २३ नम्बर समष्टि अध्यक्ष राजीब राई, २६ नम्बर समष्टि अध्यक्ष रमेश श्रेष्ठ, २४ नम्बर महासचिव रामचन्द्र राई, २३ नम्बर सांगठनिक सचिव अर्पण राई, डम्बर छेत्री, नारी नेत्रीहरू शशि छेत्री,वैजन्ती राई,प्रनिता थापा आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement