सारदा माँ को १७०औं जन्म जयन्ती पालन

16-46-38-968f23e8-8b3b-46b4-b49d-18b6f0f9b3f3-1024x580.jpg

राजगञ्ज: सारदा माँ को १७०औं जन्म जयन्ती राजगञ्जको फाटापुकुर सारदामणि उच्च विद्यालयमा पालन गरियो। राजगञ्जका विधायक खगेश्वर राय र साहुडाङ्गी रामकृष्ण मिसनका स्वामीजी जीवानन्द महाराजले सारदा माँ- को मुर्तिमा माल्यार्पण साथै दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुरूआत गरे। यस अवसरमा राजगञ्ज पञ्चायत समितिका सभापति पूर्णिमा राय, विद्यालयका प्रधान शिक्षक डा. सुमन्त बाग्ची लगायत अन्य शिक्षक तथा शिक्षिकाहरू उपस्थित थिए। विधायक खगेश्वर रायले भने, प्रत्येक वर्ष झैँ यस वर्ष पनि विद्यालयको तर्फबाट माँ सारदा देवीको जन्मजयन्तीको उपलक्ष्यमा आफूहरूलाई आमन्त्रित गरेको छ। उक्त कार्यक्रममा अंश ग्रहण गर्न पाउँदा निक्कै खुसी छु। यसैगरी, विद्यालयका प्रधान शिक्षक डा. सुमन्त बाग्चीले भने, सारदा माँ को १७०औं जन्मजयन्तीको उपलक्ष्यमा विद्यालयमा आज दिनभरिनै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिका लगायत विद्यार्थीहरूले अंश ग्रहण गरेका छन्। कार्यक्रमको अन्तमा प्रसाद वितरण गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement