सिलगढीमा एसएसबीले २५ ग्राम मोर्फिन र ११ हजार नगदसहित दुईजनालाई पक्राउ

a3e7698a-6637-477f-8187-2c23f8077cc2

सिलगढी: गएराति सिलगढी महाकुमाको खोरीबारी क्वार्टर मोडबाट एसएसबीले २५ ग्राम मोर्फिन र ११ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ। पछि पक्राउ परेकाहरूलाई नक्सलबारी प्रहरीको जिम्मा लगाइएको थियो। अभियुक्तलाई बिहीबार सिलगढी सब-डिभिजनल अदालतमा पठाइएको थियो। आरोपी मोहम्मद शौकत कटिहारका र मोहम्मद जुगनु नक्सलबारीका तोताराम जोटाका हुन्। एसएसबी स्रोतअनुसार रातिको अँध्यारोमा हिँडेको आशंकामा पक्राउ परेपछि सोधपुछ गर्दा मोर्फिन र नगद बरामद भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement