निरीक्षणका क्रममा रेलवे बोर्डका उपनिर्देशकको स्वास्थ्य बिग्रियो

IMG_20221222_155159.jpg

सिलगढी: डा. प्रसन्न कुमार, उप निर्देशक (स्वास्थ्य सेवा), रेलवे बोर्ड, बिहीबार एनजीपीको भ्रमणको क्रममा बिरामी परे। तिनले बिहान नयाँ जलपाइगढी स्टेशनको प्लेटफर्म नम्बर एकमा फार्मेसीको उद्घाटन गरे। त्यसपछि नयाँ जलपाइगढी स्टेशनको छेउमा रहेको कश्मीर कालोनीमा रहेको अफिसर गेस्ट हाउसमा विश्राम गरे। त्यहाँ तिनी अचानक बिरामी भए र तुरुन्तै न्यू जलपाइगढी रेलवे अस्पतालमा लगियो। प्रारम्भिक उपचारपछि तिनलाई सिलगढीको नर्सिङ होममा सारिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement