दार्जीलिङ: गोर्खाल्याण्ड आन्दोलनको योद्वा रत्न मणि राईले समाए हाम्रो पार्टीको झण्डा।शहर को नेरू रोड स्थित हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवार्डसको नीजि बास स्थानमा आज विहान गोर्खाल्याण्ड समर्थक एंव गोर्खाल्याण्ड आन्दोलनको योद्वा रत्न मणि राईले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसको बाहुलीद्वारा पार्टीको झण्डा समाए।यस अवधि हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवार्डस संग संगै पार्टीको केन्द्रीय संगठनिक सचिव विक्रमादि राई,केन्द्रीय कमिटि सदस्य दीपू थापा लगायत अन्य केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो।हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले गोर्खाल्याण्ड आन्दोलनको योद्वा रत्न मणि राईलाई खदा लगाएर पार्टीमा न्यानो स्वागत जनाए।विगतको गोर्खाल्याण्ड आन्दोलनमा रत्न मणि राईले छुटटै राज्य गोर्खाल्याण्ड प्राप्तिको मांगमा शुरू गरेको आमरण अंशनमा आफ्नो प्राणको वास्त नगरी अंशमा अंश ग्रहण गरेका थिए।त्यतिमा होइन गणतान्त्रिक नीतिमा शुरू गरिएको गोर्खाल्याण्डको आन्दोलनमा उनले हिस्सा लिएका थिए।रत्न मणि राई एक ईएफआरको अवकाश सैनिक हुन।रत्न मणि राईले हाम्रो पार्टीको भिजन र सोचलाई अन्तरात्मादेखि मन पराउँदै हाम्रो पार्टीको नीति र सिद्वान्तलाई आत्मासात गरेर हिडने पार्टी अध्यक्ष एंव केन्द्रीय नेतृत्वहरूलाई भरोसा दिलाए।









