महान फूटबलर पेलेको स्वास्थ्य बिग्रियो

IMG-20221222-WA0197.jpg

क्यान्सर र सास फेर्नमा असुविधा जस्ता समस्याहरूले गर्दा अस्पतालमा भर्ती महान फूटबलर पेलेको स्वास्थ्य अझ बिग्रिएको छ। चिकित्सकहरूले बताएअनुसार, उनको क्यान्सर बढ़ेको छ। यसले हृदय अनि मृगौला पनि प्रभावित भएको छ। साओ पाउलोको अल्बर्ट आन्स्टाइन अस्पतालले बुधवार जारी बयानमा ८२ वर्षीय पेलेको क्यान्सर बढ़ेकोअनि उनको हृदय अनि मृगौलामा पनि समस्या रहेको जानकारी दियो। अस्पतालले आफ्नो बयानमा तीनपल्टका वर्ल्ड कप विजेता खेलाड़ीको सास फेर्न सम्बन्धी समस्याबारे चाहिँ कुनै जानकारी दिएन, जुन कोविड-१९ ले गर्दा बढ़ेको थियो। पेले-को नामले चिनिने महान फूटबलर एडसन अरान्तेस डो नेसिमेण्टो गत केही समयदेखि क्यान्सरसँग जुझिरहेका छन् अनि सेप्टेम्बर २०२१-मा उनको आन्द्रामा रहेको ट्यूमरलाई हटाउन अस्त्रोपचार गरिएको थियो। पेलेकी छोरी केली नेसिमेण्टले महान फूटबलर क्रिसमसको अवधि पनि अस्पतालमै रहने जानकारी दिएकी छन्। पेलेको उपस्थितिमा ब्राजीलले १९५८, १९६२ र १९७०-मा फीफा वर्ल्ड कप जितेको थियो। उनले ब्राजीलको तर्फबाट ७७ गोल गरेका थिए। नेमारले हालै कतरमा भएको वर्ल्ड कपमा पेलेको रेकर्डको बराबरी गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement