२४ घण्टाभित्रै अपहरणकारी पक्राउ

IMG-20221222-WA0196.jpg

सिलगढी: सिलगढीको हैदरपाडाबाट हिजो एक बालिकाको अपहरण भएको २४ घण्टाभित्रै प्रहरीले एक अपहरणकारीलाई पक्राउ गरेको छ। अभियुक्तको नाम वसन्त पाण्डे हो। १४ वर्षीया बालिका बुधबार रातिदेखि बेपत्ता रहेको बताइएको छ। युवतीलाई अपहरण गरी बलात्कार गर्न खोजेको आरोपमा आफन्तले गएराति उजुरी दिएका छन्। सिलगढी महानगरपालिकाको भक्तिनगर थानाको पुलिसले आरोपीलाई डबग्राम २ क्षेत्रको छोटा फाफरी क्षेत्रबाट पक्राउ गरेको हो। आरोपीलाई बिहीबार जलपाइगढी अदालतमा पठाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement