आईएसआई एजेन्ट १४ दिनको रिमान्डमा

IMG-20221222-WA0190.jpg

सिलगढी: एसटीएफले सिलगढीमा आईएसआई एजेन्टलाई हिजाे पक्राउ गरेको थियो। एसटीएफ स्रोतअनुसार, गुप्त सूचनाको आधारमा एसटीएफ अधिकारीहरूले सिलगढीको नयाँ जलपाइगढी थाना क्षेत्र अन्तर्गत भरत नगर क्षेत्रमा बुधबार छापा मारेका थिए। त्यहाँबाट गुड्डु कुमार नामका आईएसआई एजेन्ट पक्राउ परेका थिए। पक्राउ परेका व्यक्ति बिहारको चम्पारण जिल्लाका बासिन्दा हुन्। बिहीबार, तिनलाई जलपाइगढी अदालतमा पेश गरियो र १४ दिनको रिमान्डमा लगियो। एसटीएफ अधिकारीहरूले घटनामा थप संलग्न छन् कि भनेर पत्ता लगाउन सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement