रमीज राजा पीसीबी अध्यक्ष पदबाट बर्खास्त

IMG-20221222-WA0191.jpg

पाकिस्तानको सरकारले पूर्व क्रिकेटर रमीज राजालाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)- को अध्यक्ष पदबाट हटाएर देशमा आउँदो चार महिनासम्म क्रिकेट सञ्चालन गर्न नजम सेठीको अगुवाईमा १४ सदस्यीय प्यानल नियुक्त गऱ्यो। पाकिस्तान सरकारले बुधवार अबेर राति रमीजलाई बर्खास्त गर्ने सम्बन्धी अधिसूचना जारी गरेको थियो। इङ्ग्ल्याण्ड विरुद्ध टेस्ट सीरीजमा आयोजक देश पाकिस्तान ०-३-ले लाजमर्दो हारको सम्मुखीन भएपछि यस्तो फसेला लिइयो। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले यस अधिसूचनालाई जारी गरे,जसलाई क्याबिनेटको मञ्जुरी प्राप्त हुनु बाँकी छ तर यो केवल औपचारिकता मात्र हो। पीसीबी-का संरक्षक शरीफले रमीजलाई हटाएर सेठीको अगुवाईमा नयाँ प्यानल नियुक्त गऱ्यो। रमीजलाई पूर्व प्रधानमन्त्री इमरान खानले सेप्टेम्बर २०२१-मा पीसीबी-का अध्यक्ष नियुक्त गरेका थिए। उनी १५ महिनासम्म यस पदमा रहे। एहसान मनीले पद छोड़ेपछि रमीज पीसीबी-का ३६औं अध्यक्ष बनेका थिए। पीसीबी अध्यक्ष बन्ने रमीज चौथो पूर्व क्रिकेटर थिए। यसअघि पूर्व क्रिकेटर एजाज बट (२००८-११), जावेद बुर्की (१९९४-९५) र अब्दुल हफीज कारदार (१९७२-७७) पीसीबी-को अध्यक्ष पदमा रहेका थिए। सेठी २०१३-देखि २०१८-सम्म पीसीबी-का अध्यक्ष र मुख्य कार्यकारी अधिकारी रहेका थिए। इमरान खानको पार्टीले चुनाउमा जीत हासिल गरेपछि उनले २०१८-मा पद छोड़ेका थिए।
न्यूजील्याण्ड विरुद्ध २६ दिसम्बरदेखि शुरु हुने दुईवटा टेस्ट म्याचको सीरीजअघि भएको यस घटनाक्रममाथि पीसीबी या रमीजले कुनै प्रतिक्रिया व्यक्त गरेको छैन। अधिसूचनामा प्रधानमन्त्रीले पीसीबी-को २०१४-को संविधानको समीक्षा गरेको अनि २०१९-देखि लागू गरिएको वर्तमान संविधानलाई रद्द गरेको बताइएको छ। अधिसूचना अनुसार, सेठीको अगुवाईमा रहने कमिटीमा पूर्व क्रिकेटर शाहिद अफरीदी, हारुन रशीद, शफकत राणा र महिला टीमका पूर्व कप्तान सना मीर पनि सामेल छन्। कमिटीका अन्य सदस्यहरूमा २०१९-मा रद्द गरिएको सञ्चालन बोर्डका पूर्व सदस्यहरू सामेल छन्। पीसीबी-ले न्यूजील्याण्ड विरुद्ध सीरीजको निम्ति टीम घोषणा गरेको लगत्तैपछि यस्तो अधिसूचना जारी गऱ्यो। न्यूजील्याण्डको टीम १९ सालपछि टेस्ट शृङ्खला खेल्न पाकिस्तान आइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement