सातदिने रेफरी प्रशिक्षण कार्यशालाको आयोजन गरिने

IMG-20221222-WA0188.jpg

खरसाङ फूटबल एसोसिएशन (केएफए) र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को संयुक्त तत्त्वावधानमा आउँदो जनवरी महिना फूटबल रेफरी कार्यशालाको आयोजन गरिनेछ। सिक्किम रेफरी कमिटीको सहयोगमा आयोजन गरिने यस सातदिने कार्यशालामा जीटीए क्षेत्रका व्यक्तिहरूले हिस्सा लिन सक्नेछन्। कार्यशालामा हिस्सा लिनेहरूका निम्ति खाने-बस्ने व्यवस्था रहनेछ। यसको साथमा फीफा रेफरी मेनुअल, एक सेट रेफरी ड्रेस अनि सिटी दिइनेछ। कार्यशालामा सिक्किम रेफरी एसोसिएशनका वरिष्ठ रेफरीहरूले प्रशिक्षण दिनेछन्। कार्यशालामा हिस्सा लिन इच्छुक व्यक्तिहरूका निम्ति पञ्जीकरण शुल्क (वन् टाइम) ३००० रुपियाँ रहेको छ।
सम्पर्क नम्बरः
९९३३००११३२, ६२९४०२१९०४, ७४७७३०६३७३, ७८६४९५७६५८

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement