‘बिकिनी किलर’ नामले चर्चित चार्ल्स शोभराज नेपालको जेलबाट रिहा हुँदै

00-Charles-Shobhraj

सन् १९७८ मा एउटा सुपर हिट फिल्म आयो, जसको नाम थियो ‘डन’। सुपरहिट भएको उक्त फिल्मका धेरै संवादहरु धेरैले नै निकै रुचाएका थिए। यसमा एउटा चर्चित संवाद थियो, ‘११ देशका पुलिस डनको प्रतीक्षामा छन्’। सन् २०१५ मा आएको फिल्म ‘मैं और चार्ल्स’मा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रणदीप हुड्डाका अनुसार यो संवाद सिरियल किलर चार्ल्स शोभराजको वास्तविक जीवनबाट लिइएको थियो। २० भन्दा बढी हत्याका अभियुक्त, नक्कल गर्ने र जेलबाट भाग्न खप्पिस, कैयौं फिल्म र किताबमा पनि विश्वभरि जसको अपराधगाथा सुनाइसकेको हत्चन्द भौनानी गुरुमुख चार्ल्स शोभराज नेपालको कुख्यात सिरियल किलर बन्यो।

चार्ल्स शोभराजलाई रिहा गर्ने नेपालको सर्वोच्च अदालतको आदेश देशको कानूनमा आधारित छ, जसमा कुनै कैदीले ७५ प्रतिशत सजाय पूरा गरेको र कारागारमा राम्रो आचरण गरेमा रिहा गर्न सकिने व्यवस्था गरेको छ। शोभराजले आफ्नो निवेदनमा नेपालका ज्येष्ठ नागरिकलाई दिइने ‘आराम’ अनुसार आफ्नो जेल सजाय पूरा गरेको दाबी गरेका छन्। उसले २० वर्षको सजायको १७ वर्ष पूरा गरेको दाबी गरेको छ र उसको “असल आचरण”को आधारमा रिहा गर्न सिफारिस गरिएको छ। शोभराजका वकिल रामबन्धु शर्माले भने, ‘उनले ९५ प्रतिशत सजाय भुक्तान गरिसकेकाले उमेरका कारण पहिले रिहा गरिनुपर्छl’ उनले शोभराज बिहीबार जेलबाट रिहा हुने बताए। अगस्त २००३ मा शोभराज काठमाडौंको क्यासिनोमा देखिएपछि पक्रा परेका थिए। हत्याको अभियोगमा उनलाई जन्मकैदको सजाय सुनाइएको थियो। शोभराज कतिपय विदेशी पर्यटकको हत्यामा संलग्न थिए, जसमा धेरैजसो महिला थिए। उनका धेरै पीडितहरू बिकिनी लगाएका महिला थिए, त्यसैले उनलाई ‘बिकिनी किलर’ पनि भनिन्छ।

शोभराजले भारतमा २१ वर्ष जेल जीवन बिताइसकेका छन्। सन् १९७१ मा उनी बिरामीको बहानामा जेलबाट अस्पताल गए र त्यहाँबाट भागे। सन् १९७६ मा उनी फेरि पक्रा परे, तर १९८६ मा फेरि फिल्मी शैलीमा जेलबाट भागे। सन् १९८६ मा शोभराजले जेलमा जन्मदिनको पार्टी आयोजना गरे र गार्डहरूलाई सुत्ने औषधीहरू सहित अंगूर र बिस्कुट बाँडे। केही समयमै सबै बेहोस भए र शोभराज आफ्ना साथीहरूसँग जेलबाट भाग्न सफल भए। शोभराज धेरै भाषा बोल्न र भेष बदल्न माहिर थिए। उनले सन् १९७० को दशकमा १५ देखि २० जनाको हत्या गरेको अनुमान गरिएको छ। उनका अधिकांश शिकार एसियाका पश्चिमी पर्यटकहरू थिए। थाइल्याण्डले ७०को दशकको मध्यतिर लागुऔषध सेवन गरी ६ महिलाको हत्या गरेको अभियोगमा शोभराजविरुद्ध वारेन्ट जारी गरेको थियो। पटाया समुद्र तटमा मारिएका यी सबै केटीहरू बिकिनी लगाएका थिए। थाइल्याण्डमा उनी आरोपको सामना गर्ने लगभग निश्चित छ र मृत्युदण्डको सजाय हुनसक्छ भन्ने विश्वास गरिन्छ। यसबाट बच्न उनी सन् १९८६ मा जानाजानी तिहारबाट भागेका थिए ताकि उनीमाथि जेलबाट फरार मुद्दा चलाउन सकियोस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement