कोविड़ सिक्किम: राज्य बन्यो कोरोनामुक्त

IMG_20210910_192109-1-1.jpg

गान्तोक: आज राज्यभरिबाट कोरोनाकाे फेरी शून्य नयॉं मामिला अघि आएको र शून्यजना कोरोनामुक्त भएकाे राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज याे राेगले कसैको मृत्यु न भएकाे विभागले जानकारी गराएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार, हिजो राज्यभरि ४७ जनाको नमूना जाँच गरेकाेमा कसैमा संक्रमण पुष्टि भएन। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या १ रहेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर शून्य प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ४३,०३५ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,३१८ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९९ जना संक्रमितको मृत्यु भइसकेको छ। 

About Author

Advertisement