नाबार्डका महाप्रबन्धक संजय कुमार गुप्ताद्वारा राज्यपालसित भेट

IMG-20221221-WA0257.jpg

गान्तोक: सिक्किम क्षेत्रीय कार्यालय नाबार्डका महाप्रबन्धक र कार्यालय इन्चार्ज संजय कुमार गुप्ता र उनको टोलीले राजभवनमा राज्यपाल गंगा प्रसादसँग शिष्टाचार भेट गरे। सो क्रममा नाबार्डका महाप्रबन्धकले किसान क्रेडिट कार्डका साथै नाबार्डले गरिँदै आएको विभिन्न गतिविधिका बारेमा जानकारी गराएका थिए। किसान क्रेडिट कार्ड नाबार्ड द्वारा निर्धारित भारत सरकार को योजना हो र भारत मा सबै प्रमुख ब्यांकहरुद्वारा अनुसरण गरिएको छ। उनले सिक्किम पशुपालन विभागको संयुक्त सहयोगमा सबै दूध उत्पादकहरूलाई किसान क्रेडिट कार्ड उपलब्ध गराइने जानकारी दिए, जसले गर्दा किसानहरूले धेरै कम दरमा बैंकहरूबाट ब्याज प्राप्त गर्न सक्नेछन्‌। जानकारी अनुसार नाबार्डले यस योजनाका विभिन्न पक्षमा आधारित एक पुस्तिका कृषकमा जनचेतना ङ्गैलाउनका लागि प्रकाशित गरेको छ, जसलाई ब्यांक, दुग्ध संघ र एङ्गपीओ मार्ङ्गत वितरण भइरहेको छ। नाबार्डको यो कार्य सराहनीय रहेको बताउँदै राज्यपालले यस योजनाको किसान दाजुभाइ दिदीबहिनीले पूर्ण लाभ लिन सकून्‌ भनेर यस योजनाको जतिसक्दो प्रचार गरिनुपर्ने बताए। उनले यस योजनाको बारेमा तल्लो तहसम्म जनतालाई सचेत गराउनुपर्ने र योजनाको कडाइका साथ कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहनुपर्नेमा जोड दिए। यस क्रममा, सिक्किममा केसरको सङ्गल परीक्षणको सन्दर्भमा, राज्यपालले नाबार्डलाई यस दिशामा काम गर्ने जसले राज्य र राष्ट्रको जीडीपी बढाउने बताए। नाबार्डका महाप्रबन्धकले केसर खेती प्रवर्द्धन र सहयोग गर्न स्वीकृति दिएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement