गेजिङ: लिङ्चोम वरिष्ठ माध्यमिक विद्यालयमा वार्षिक उत्सव सँगै विद्यालयलाई विभिन्न स्तरमा सहयोग पुर्याउने भूतपूर्व विद्यार्थीलाई सम्मान जनाइयो। मंगलबार आफ्नो वार्षिक उत्सवसहित विद्यालयलाई सहयोग पुर्याउने पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको हो। कार्यक्रममा सिडिकोका अध्यक्ष जनक गुरुङ मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने जिल्ला पञ्चायत सदस्य पिर्णबिर लिम्बू , पञ्चायत सभापति राजेन लिम्बू, विद्यालय विकास समितिका अध्यक्ष आरबी राई लगायत विद्यालय परिवार, अभिभावकको उपस्तिथि रहेको थियो। यसबाहेक विद्यालयका प्राचार्य याङ्देन सिक्मो, स्थानीय पञ्चायत सदस्यगण, भूतपूर्व पञ्चायत सदस्यगण, एसएमसी सदस्यगण, भूतपूर्व विद्यार्थी सङ्गठनका अध्यक्ष र कार्यकारी सदस्यगण, स्कुलका शिक्षकगण साथै विद्यार्थीहरूको बाक्लो उपस्थितिबिच कार्यक्रम समापन भयो। कार्यक्रममा विद्यालयका प्राचार्य सिक्मोले स्कूलको वार्षिक प्रतिवेदन साथै उपलब्धिबारे प्रकाश पारिन्। आजको कार्यक्रममा मुख्य अतिथि लगायत बिशिस्ट अतिथि अनि अभिभावकले विद्यार्थीहरुद्वारा तयार पारेको विभिन्न स्टल, बुकङ्गेयर, एनएसएस र एनसीसीको बिशेष प्रस्तुतिहरुको अवलोकन गरे। कार्यक्रममा मुख्य अतिथि गुरुङले आफ्नो सम्बोधनको क्रममा स्कूल प्राचार्यले उठाएका मागहरूमाथि पहल गर्ने आश्र्वासन दिए भने स्कूलको अडिटोरियम भवन निर्माण कार्यबारे पनि मुख्यमन्त्रीलाई जानकारी गराएर यसमाथि पहल सुरु गर्ने बताए। उनले आङ्गु यसै विद्यालयको भूतपुर्व विद्यार्थी भएको नातामा यस विद्यालयले गरेको विभिन्न कार्यको प्रशंसा गरे। यस विद्यालयमा शिक्षाआर्जन गर्ने पूर्व विद्यार्थीहरुको एउटा संस्था लिङ्चोम पाठशाला कल्याण संगले विद्यालयको निम्ति विभिन्न योगदान पुर्याउँदै आएको प्रशंसा गरे। विभिन्न क्षेत्रमा उत्कृष्टता प्राप्त गर्ने विद्यार्थीहरूलाई विभिन्न पुरस्कार र प्रोत्साहन राशीहरू पनि प्रदान गरिएको थियो भने विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए। कार्यक्रमको अन्तमा विद्यार्थीहरुको वार्षिक प्रोग्रेस रिपोर्ट प्रथम र दोस्रो हुने विद्यार्थीहरुलाई मुख्य अतिथि अनि बिशिस्ट अतिथिको बाहुलिबाट प्रदान गरिएको थियो।










