सिक्किम सुरक्षा समितिका एक सदस्यले धरनास्थलमा आगो लगाएका हुन्: एसपी तेञ्जिङ लोडेन लेप्चा

IMG-20221221-WA0255.jpg

गान्तोक: सिक्किम सुरक्षा समितिको धरनास्थलमा आगो लगाउने अन्य कोही नभएर संस्थाकै एक जना सदस्य रहेको पुलिसले दावी गरे। उक्त घटना २० दिसम्बर बिहानीपख भएको पुलिस अधिक्षक तेञ्जिङ लोडेन लेप्चाले जानकारी गराएका छन्। आज सिच्छेस्थित एसपीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन्। पुलिसले सीसी क्यामेराको सहयोगमा आरोपी चिन्हित गरेको र उनीहरूविरूद्ध आइपीसीको धारा १८२, २११, १२९ बी, ४३५, ३४ अन्तर्गत मुद्दा दर्ता गरेको छ। उनले जानकारी गराए अनुसार यस घटनाको छानबीन गरिरहेका पुलिस अधिकारीले सीसी क्यामेरमा हेर्दा संस्थाका पाँच जना सदस्य मध्ये एक जना गएर आगो लगाएका हुन्। यो आगो लगाउने व्यक्ति बाहिरको नभएर धरना प्रदर्शन गर्ने पाँचजना मध्ये एक जना रहेको उनले दावी गरेका छन्। यसमा धरना प्रदर्शनमा बस्ने पाँच जनाको मिलिभगत अर्थात षडयन्त्र रहेको बताएका छन्। सीसी क्यामेराको सहयोगमा घटना घटेको केही दिन नबित्दै पुलिसले घटनाको खुलासा गरेको छ। पुलिस अधिक्षक लेप्चाले थप जानकारी गराए अनुसर २० दिसम्बरको बिहान संस्थाका संस्थापक सदस्य मदन तामाङले साढे चार बजी आफूलाई कल गरेर घटनाको जानकारी गराएका थिए। यस घटनाको सूचना पाउनसाथ उनले उक्त क्षेत्रमा पेट्रोलिङमा खटिएका पुलिस अधिकारीहरूलाई यसबारेमा पत्तो लगाउने निर्देश दिएका थिए। छानबीनको क्रममा धरना प्रदर्शनमा रहेकाहरूमध्ये एक जनाले आगो लगाएको सीसी क्यामेरामा भीडियो देखिएको छ। तर रातीको समय भएको कारण मान्छे स्पष्टरूपमा चिन्न नसकिएको पनि उनको भनाइ छ। तर क्यामेरामा हेर्दा धरना प्रदर्शनबाट एक जना व्यक्ति बाहिर निस्केर उनले जर्किनमा केही लिएर आएको र आगो लगाएको बताए। आगो लागिसकेपछि पून उक्त व्यक्ति मञ्चभित्र पसेर सबैलाई उठाउँदै आगो नियन्त्रणमा लिएको अवगत गराए। यसरी आगो लगाएर अरूहरूबाट सहानुभूती प्राप्त गर्ने उद्देश्य रहेको बताए। हाल यी धरना प्रदर्शनमा बस्ने पाँचै जनालाई पुलिसले थाना बोलाएर केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement