जिल्लास्तरीय आधार अनुगमन समितिको पहिलो बैठक सम्पन्न

IMG-20221221-WA0254.jpg

गान्तोक: सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालको अध्यक्षतमा पहिलो जिल्लास्तरीय आधार अनुगमन समितिको बैठक सम्पन्न भयो। बैठकमा सोरेङ जिल्लाका एसडीपीओ बिमल गुरूङ, डीसीएसओ जेएम सुब्बा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस सभा आयोजना गरिनुको प्रमुख उद्देश्य सोरेङ जिल्लामा आधार कार्यक्रमलाई सही ढङ्गमा कार्यान्वयन गर्न लगायत अन्य विषय रहेको थियो। सभालाई सम्बोधन गर्दै जिल्लापाल भीम ठटालले जिल्लामा युआईडी कार्यक्रमकोबारेमा जानकारी दिए। विभिन्न उदाहरणहरू उद्धृत गर्दै, उनले विभिन्न आधिकारिक उपयोगका लागि आधार कार्ड प्राप्त गर्ने महत्त्वबारे प्रकाश पारे। उनले सम्बन्धित अधिकारीहरूसँग जिल्लामा आधार कभरेजको प्रगतिशील रिपोर्टको बारेमा पनि जानकारी हासिल गरे। उनले आंगनमा प्रशासन जिल्लाको पहल अन्तर्गत आधार दर्ताको संख्या कम भएका क्षेत्रमा कार्यशाला र शिविरमार्फत आधार दर्ताका लागि आउटरिच कार्यक्रमलाई अधिकतम बनाउन सुझाव दिए। उनले दस वर्ष पहिले जारी गरिएका आधारका लागि कागज पत्रहरू जाँच गर्नुपर्ने सल्लाह दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement