गान्तोक: राज्यका राज्यपाल गंगा प्रसादले काग्याद नृत्यको अवसरमा राज्यबासीलाई हार्दिक शुभकामना दिएका छन्। विशेष गरेर यो पर्व भोटिया, लेप्चा समुदायको रहेको हुँदा यी दुई समुदायलाई उनले शुभकामना दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। राज्यपालले आफ्नो शुभकामना सन्देशमा काग्याद नृत्यु एक प्रथागत नृत्य़ उत्सव रहेको र तिब्बती क्यालेन्डार अनुसार दशौं महिनाको २८-२९ मा मनाउने गर्छन्। नयाँ वर्षको आगमन हुन भन्दा नकारात्मक शक्तिको विनाशको प्रतीककोरूपमा यो पर्व मनाउने प्रचलन रहेको उनले बताएका छन्। यस पर्वमा विशेष गरेर आठ तान्त्रिक, देवी देवता जसलाई काग्यादको नामले चिनिन्छ र विभिन्न गुम्बामा नृत्य गर्नको साथै गीत गराउने चलन रहेको र उनीहरूलाई पूजा अर्चना गरिने चलन रहेको छ। यस अवसरमा यी समुदायले मानव जातीलाई विभिन्न प्रकारको बाधा अढचनबाट सुरक्षा गर्न साथै स्वास्थ्यको निम्ति पनि पूजा अर्चना गरिने राज्यपालले आफ्नो शुभकामना सन्देशमा बताएका छन्। उक्त दिन समाजमा शान्ति, सम्प्रदायिक सदभावना कायम राख्नको निम्ति सबैले संकल्प लिनु पर्ने आग्रह गरेका छन्।










