नाम्बी– एसकेएम पार्टीको १४औं रोलु दिवस आज भव्य रूपमा सम्पन्न भयो। यस अवसरमा १५० भन्दा अधिकले विभिन्न पार्टी त्यागेर पार्टीमा सामेल भए। सामेल हुनेहरूमा पूर्व विधायक श्याम प्रधान, एसडीएफ पार्टीका वरिष्ठ पार्टी कार्यकर्ता अभिनाश याखा, सीएल गरूङ आदि सामेल रहेका छन्।
कार्यक्रममा सम्बोधन गर्दै पार्टी अध्यक्ष पीएस गोलेले पार्टी स्थापना गर्न शुरूवाती दिनहरूमा योगदान दिनेहरूको स्मरण गराए। प्रथम रोतु वनभोजमा गुम्पा, मन्दिर, चर्च, मस्जिदहरूको कसम खाएर व्यवस्था परिवर्तनको लागि अघि आएको तिनले बताए। त्यस समयका क्रान्तिकारीहरूलाई आफूले सलाम गर्ने गरेको उल्लेख गर्दै उनले आफु स्वार्थपूर्तिका लागि व्यवस्था परिवर्तन गर्न नआएको दाबी गरे। तिनले गरीब र बोल्न नसक्नेहरूका लागि व्यवस्था परिवर्तन गर्न आएको बताए। आफ्नो सरकारको तीन वर्ष सात महिनाको कार्यकालमा गरीब जनताको धेरै सेवा पुऱ्याएको दावी गर्दै पार्टी कार्यकर्ताहरूले आज गरीब जनताको सेवा गर्ने प्रण गरेर जानुपर्छ भनी उनले बताए। पार्टीमा सामेलहरूको विषयमा बोल्दै उनले एसकेएम परिवार बढेको बताए भने पुराना पार्टी कार्यकर्ताहरूले असुरक्षित महसुस नगर्नु पर्ने बताए।
२०२४ लाई केन्द्रमा राखेर काम गरे, पार्टी अघि बढ्ने बताउँदै उनले पार्टीबाट झुण्डवादलाई हटाउनु पर्ने कुरामा बल दिए। उनले भने, २०२४ मा एसकेएमले ने सरकार गठन गर्नेछ। उनले ७५ जना वरिष्ठ भीएएलाई सहायक निर्देशक बनाएको जानकारी गराउँदै सरकारले गरेका विभिन्न घोषणा र उपलब्धीहरूको बारेमा पनि अवगत गराए। उनले चाँड़े चालक कल्याण बोर्ड सञ्चालन गर्ने सम्बन्धित विभागका मन्त्रीहरूलाई निर्देश दिँदै पछाडिएको गाउँलाई अरु गाउँक हाराहारीमा ल्याउन अनडप्लोप भिलेज डेप्लोपमेन्ट बोर्ड सरकारले बनाउन गइरहेको जानकारी गराए। सरकारले एलटी सीट, कर्मापा ल्याउने, छुटेका १२ जातिलाई जनजाति बनाउने आदि मुद्दाहरूमा सकारात्मक पहल गरिरहेको बताए। कार्यक्रममा पार्टीका प्रवक्ता जेकब खालिङ, पार्टीमा सामेल भएका एमके तामाङ, एनबी प्रधान, इरुङ लेप्चा र प्रीतम गुरूङले पनि सम्बोधन गरेका थिए।










