भिस्टाडोमको धक्काले एकदना वृद्धा गम्भीर घाईते

cf7cd5bc-6b59-4585-a2f7-bfbc4753db72


कालचिनी – बुधबार अपरान्ह समय प्रायः 3.30 बजी मधु चियाबारी संलग्न रेल लाईनमा अलिपुरद्वारदेखि सिलगढ़ीगामी गईरहेको टूरिस्ट स्पेशल भिस्टाडोम रेलको धक्काले एकजना स्थानीय वृद्धा गम्भीर घाईते बनेको घटनाले क्षेत्रमा सनसनी मच्चियो।
प्राप्त जानकारीअनुसार मधु चियाबारी बुधराम लाईन निवासी भिक्षु उराँव उमेर ६० बर्ष रेल लाईन पार गरीरहेको समय भिस्टाडोम रेल आईपुगेको थियो भने रेलको धक्काले वृद्धा रेल लाईन बाहिर ढल्न पुगेको थियो।
सूचना पाएर हाँसीमारा आरपीएफका जवानहरू घटनास्थलमा आएर गम्भीर घाईते अवस्थामा रहेको वृद्धा भिक्षु उराँवलाई उपचारको निम्ति उत्तर लोथाबारी ग्रामीण अस्पतालमा लगेको बताईएको छ। यता उक्त घटनाले गर्दा प्रायः आधा घन्टा जति भिस्टाडोम रेल बाधित भएको थियो भने घाईते वृद्धालाई अस्पताल लगेपछि पुनः रेल आफ्नो गन्तव्यमा गुड़ेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement