कालचिनी हिन्दी हाइस्कूलका प्रथम प्रधानाध्यापक स्व. राधाकृष्ण झाँ को सालिक अनावरण

edb31f10-062e-4690-a9e3-57eca5893b18


कालचिनी –
सन १९६४ सालमा स्थापित कालचिनी हिन्दी हाइस्कूलका प्रथम प्रधानाध्यापक स्व. राधाकृष्ण झाँ को अर्द्ध-सालिकको अनावरण स्कूलका भूतपूर्व छात्रा संगठनको आयोजनामा बुधबार सम्पन्न भयो। सालिक अनावरण कार्यक्रम भव्यताको साथ सम्पन्न गर्ने तयारी चलिरहेको बेला अचानक गत सोमबार सोही स्कूलका भूतपूर्व अवकाशप्रप्त शिक्षक भीष्मनाथा सिंह ठाकुर उमेर ७२ को निधन भएकोले आजको कार्यक्रमलाई केवल औपचारिकता निर्वाह गर्दै सामान्य रुपमा गरेको भूतपूर्व छात्र संगठनका कर्णधार सदस्यहरु प्रभात थापा, पङ्कज न्यासुर र कमल शर्माले बताएका छन्। स्कूलका व्यवस्थापन कमिटीको सभापति मोहन शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रथमत दिवंगत शिक्षक भीष्मनाथ सिंह ठाकुरको स्मृतिमा दुई मिनटको मौन धारण पालन गरिएको थियो भने समारोहको दीप प्रज्वलन पश्चात प्रमुख अतिथि मोहन शर्मा र स्व. राधाकृष्ण झाँ को पत्नीको करकमलबाट सालिक अनावरण गरीएको थियो।


सो अवसरमा प्रमुख अतिथि मोहन शर्मा लगायत अलिपुरद्वार जिल्ला स्कूल परिदर्शक डीआई एहसानुल करीम, कालचिनी स्कूल विभागका एसआई देवाञ्जना चौधरी, कालचिनी हिन्दी हाइस्कूलका वर्तमान प्रधानाध्यापक सुनील कुमार, बून स्कूलका चेयरम्यान पवन कुमार सिंह झाँ, यूनियन एकाडेमीका भारप्राप्त प्रधान शिक्षक विश्वजीत दत्ता, अलिपुरद्वार जिल्ला परिषदका बन औ भूमि कर्माध्याक्ष गणेश महली, समाजसेवी राजकुमार भुजेल, लोथाबारी हिन्दी हाइस्कूलका प्रभारी प्रधान शिक्षिका सबिता सिंह, एवम् स्कूलका अवकाशप्राप्त शिक्षकगण लगायत भूतपूर्व छात्राहरूको उपस्थिति रहेको थियो।
स्व. राधाकृष्ण झाँ को जीवनी संक्षिप्तमा स्कूलका भूतपूर्व छात्रा तथा बानरहाट कलेजका सहायक प्रोफेसर डा. रहिम मीयाँले पठन गरेको थियो भने तिनको योगदान र पुराना स्मृतिको चर्चा प्रमुख अतिथि मोहन शर्माले गरेको थियो। उपस्थित अतिथिहरुले कालचिनी हिन्दी हाइस्कूलका भूतपूर्व छात्रा संगठनको सदस्यहरूले सबैलाई असल मार्गदर्शन गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए भने यस्ता सराहनीय कार्य भूतपूर्व छात्र संगठनले गरेकोमा अलिपुरद्वार जिल्ला स्कूल परिदर्शक डीआई एहसानुल करीम लगायत लोथाबारी हिन्दी हाइस्कूलका प्रभारी प्रधान शिक्षिका सबिता सिंह एवम् भूतपूर्व औ वयोवृद्ध शिक्षकहरूले साधुवाद टक्र्याएको थियो।
यसबीच कार्यक्रममा उपस्थित अतिथिगण एवम् अवकाशप्राप्त शिक्षकगणलाई आयोजक कमिटी भूतपूर्व छात्रा संगठनको पक्षबाट स्मृति चिन्ह पनि प्रदान गरिएको थियो भने स्कूल व्यवस्थापन कमिटीको सभापति मोहन शर्माले आजदेखि स्कूलको प्रवेशद्वारलाई स्व. राधाकृष्ण झाँ स्मृति कालचिनी हिन्दी हाइस्कूलको नामले सम्बोधन गर्ने र स्कूल गेटको नवीनीकरण थाल्ने घोषणा गरेको थियो।कार्यक्रम सानो औ सामान्य रुपमा गरीएको बताउँदै भूतपूर्व छात्रा संगठनको प्रमुखहरु पङ्कज न्यासुर, प्रभात थापा र कमल शर्माले आफूहरू पढ़ेको स्कूल र यतिको मान्छे बनाउने शिक्षक राधाकृष्ण झाँ को सालिक स्कूल परिसरमा लगाउन सक्षम भएकोमा धेरै गर्वबोध भएको र सकेसम्म धेरै भव्यताको साथ कार्यक्रम गर्ने तयारी चलिरहेको बेला अचानक गत दुईदिन अघि मात्र यसै स्कूलका अवकाशप्राप्त शिक्षक भीष्मनाथ सिंह ठाकुरको निधन भएकोले बिना कुनै रंगारंग कार्यक्रम सम्पन्न गर्न परेको र भविष्यमा भूतपूर्व छात्रा संगठनको पक्षबाट स्कूलमा छात्रा सम्मेलनी कार्यक्रम गर्ने सोँच राखिएको जनाएका छन्।यता कार्यक्रमका प्रमुख अतिथि तथा कालचिनी हिन्दी हाइस्कूलका व्यवस्थापन कमिटीको सभापति मोहन शर्माले प्रधानाध्यापक राधाकृष्ण झाँ आफ्नो पितातुल्य रहेको र तिनले यो स्कूललाई आज यतिकोसम्म बन्नमा अतुलनीय योगदान दिएको र भूतपूर्व छात्रा संगठनको कर्मठ युवाहरुले आज यो एउटा ऐतिहासिक काम गरेको बताउँदै सालिक परिसरलाई अझै सुन्दरीकरण गर्ने काम थाँती रहेको र स्कूलको प्रवेशद्वार स्व. राधाकृष्ण झाँ को नाममा नवीनीकरण गरीने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement