पुलिस प्रशासन आपराधिक गतिविधिहरू रोक्नमा विफल भएको आरोप लगाए विधायक शंकर घोषले

21-30-56-t-1.png

सिलगढी: सिलगढी शहरमा कानून व्यवस्था कमजोर भएको साथै पुलिस प्रशासन हत्या तथा आपराधिक गतिविधिहरू रोक्नमा असफल रहेको आरोप लगाउँदै भाजपाले यसको विरोधमा आवाज तीव्र गरेको छ। आज भाजपा सिलगढी साङ्गठनिक जिल्लाको तर्फबाट शहरमा एउटा विरोध रेली निकालिइयो। यस रेली शहरको हाशमी चौकबाट शुरू भएपछि शहरको विभिन्न इलाकाको परिक्रमा गयो। यस अवसरमा सिलगढीका विधायक शंकर घोष पनि प्रमुख रूपमा उपस्थित थिए। यस सम्बन्धमा विधायक शंकर घोषले भने, पुलिसले सत्ता पक्षका नेताहरूको मात्र चापलुसी गरिरहेको छ। यसैले सिलगढीमा एक पछि अर्को गर्दै हत्या, अपहरण जस्ता अपराधिक घटनाहरू दिनहुँजसो भइरहेको छ। सहरमा कानून व्यवस्था चर्मराइरहेको छ। पुलिससित मिलीभगत भएकोले अपराधीलाई अपराध गर्न सुविधा भइरहेको साथै दोषीहरूले उचित सजाय नपाएको पनि तिनले आरोप लगाएका छन्। यदि सहरमा कानून व्यवस्था ठीक गरिएन तथा दोषीहरूलाई चाँडै उचित सजाय नदिए आगामी दिनमा भाजपाले बृहद आन्दोलन गर्ने विधायक घोषले चेतावनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement