सिटू कार्यकर्ताहरूद्वारा मुखमा कालो पट्टी बाँधेर सिलगढी शहरमा बढ्दो अपराधको प्रतिवादमा मौन प्रदर्शन

17-22-37-3d7c288f-b03f-414d-a167-4101b620af97.jpg

सिलगढी: सिलगढी शहर अनि यसको संलग्न क्षेत्रहरूमा हुने अपराधिक घटनाहरूले सहरमा दिनको दिन कानून व्यवस्थाको स्थिति अझ बिग्रिएर गइरहेको स्पष्ट हुन्छ यसैले शहरमा कानून व्यवस्था कठोर गरिनु पर्ने लगायत अन्य विषयमा आज दार्जिलिङ जिल्ला सीटू-ले सिलगढी सहरमा एउटा जुलूस निकाल्यो। उक्त जुलूसमा उपस्थित सिटू समर्थकहरूले मुखमा कालो पट्टी बाँधेर मौन विरोध प्रदर्शन गरे। दार्जिलिङ जिल्ला सीटू का सदस्यहरूले आज सिलगढीको हाशमी चौकमा मुखमा कालो पट्टी बाँधेर सहरमा कानून व्यवस्थाको स्थिति बिग्रिएको आरोप लगाउँदै हातमा प्ला कार्ड बोकेर मौन विरोध प्रदर्शन गरे। तिनीहरूले सहरमा एक पछि अर्को भइरहेको अपराधलाई लिएर पुलिस प्रशासन विरूद्ध क्षोभ प्रकट गरे संगठनको तर्फबाट बिमल पालले भने, सहरमा बिग्रिदो कानून व्यवस्थाको कारण सहरमा दिनको दिन हत्या, अपहरण, डकैती जस्ता अपराधिक घटनाहरू बढ्दै गइरहेको छ। यसैले यहाँका साधरण जनताले असुरक्षाको अनुभव गरिरहेका छन्। आज हामीले यसैको विरोधमा मौन प्रतिवाद गरेका हौ। यसपछि पनि प्रशासनले कुनै कठोर पदक्षेप नलिए बृहद आन्दोलनमा उत्रिने छौ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement