भारतीय मानव अधिकार एशोसिएसनद्वारा खरसाङमा पोक्सो (POCSO) अनि कानुनी सेवा माथि गोष्ठी सम्पन्न

IMG-20221221-WA0165.jpg

खरसाङ: भारतीय मानव अधिकार एशोसिएसन, खरसाङको तत्वावधानमा पोक्सो (POCSO) अनि अन्य कानूनी सेवामाथि गोष्ठी आयोजना गरियो। उक्त गोष्ठी अल इन्डिया रेडियो नजिक अवस्थित एशोसिएसनको कार्यालयमा सम्पन्न भयो। गोष्ठी सब डिभिजन लिगल सर्भिसेस कमिटी, खरसाङका नन्दन देव बर्मन, अध्यक्ष, एडिसनल चिफ जुडिसियल म्याजिस्ट्रेट राजा मुखर्जी अनि वसन्त थापाले (पिएलभी) सञ्चालन गरेका थिए। गोष्ठीमाथि प्रकाश पार्दै एशोसिएसनका अध्यक्ष सरोज चौहानले भनिन्, “भारतीय मानव अधिकार एशोसिएसनको कोर कार्य नै व्यक्तिको मानव अधिकार रक्षा गर्नु माथि हो। हाम्रो समाजमा आजकल बाल बालिका माथि यौन शोषणको घटनाहरु धेरै सुन्नु आई रहेको छ। यस्ता घटनाहरु मानव मूल्य माथिको अवहेलना त हो नै तर यसको कानुनी पक्ष पनि छ। त्यसरी नै हामी माझ धेरै गरीब मानिसहरू पनि छन् जसलाई कानुनी सेवा विषय राम्ररी जानकारी पनि छैन। त्यो भन्दा ठूलो त्यस्तो कुनै कानुनी कार्य गर्नु परे उनीहरूकोमा पैसा पनि हुँदैन। उनीहरूलाई नि:शुल्क कानुनी सेवा छ भनेर थाह पनि छैन। यस्तै जानकारीको निम्ति आजको गोष्ठी विशेष गरी एशोसिएसनका सदस्यहरूको निम्ति राखिएको हो।”
उनले थप भनिन्, “हाम्रो एशोसिएसनको कार्य अहिले नेटवर्क बढाउनु, सम्पर्क बढाउने कार्यमा केन्द्रित राखेका छौं। जनचेतना, स्वास्थ्य शिविर कार्यक्रम मार्फत पनि हाम्रो उपस्थितिको संदेश मानिस माझ पुर्याएका छौ। तर हाम्रो मूल कार्य जुन मानव अधिकार माथि रहेको छ, त्यसको निम्ति हामी अहिले समाजलाई बुझ्ने अनि समाजमा घटि रहेको मानव अधिकार संग सम्बन्धित घटनाहरू बुझ्नेमा लगाएका छौं। हामी सबै कुरामा एक्सपर्ट त छैनौं। त्यसैले हामी संघ संस्थाहरुको सहयोग पनि लिएर काम गर्ने गर्छौ। आज हामीले सब डिभिजन लिगल सर्भिसेस कमिटी, खरसाङको सहयोगमा पोकसो (POCSO) अनि कानुनी सेवामाथि गोष्ठी राख्यौं। हाम्रो निम्ति आजको गोष्ठी ज्ञानवर्दक रह्यो। हामी कसैलाई पनि कानुनी सेवा चाहिए कहाँ पठाउनु त्यो पनि राम्ररी भन्नु सक्छौ। POCSO सम्बन्धित केसहरु माथि अब संवेदनशील भएर काम गर्न सक्छौ। हामी एक्लो भएर समाजको निम्ति केही गर्नु सक्दैनौं। हाम्रो काम गर्ने तरिका सहभागिता अनि सहकार्यको सिद्धान्त माथि रहेको छ।”
गोष्ठीमा एशोसिएसनका सरोज चौहान, संगीता प्रधान, तपेश्वर प्रसाद, फिरोज अख्तर, नसीम अलि, सुमित प्रधान, सुरेश चन्द्र गुप्ता, रमेश राई, राज कुमार अग्रवाल, सर्बर आलमको उपस्थिति रहेको थियो। त्यसरी नै सब डिभिजन लिगल सर्भिसेस कमिटी, खरसाङबाट नन्दन देव बर्मन, अध्यक्ष, एडिसनल चिफ जुडिसियल म्याजिस्ट्रेट राजा मुखर्जी अनि वसन्त थापा (पिएलभी) मुख्य रूपमा उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement