पाइप लाइन खनन कार्य इलाकाको तृणमूल कांग्रेसका नेताहरुद्वारा निरीक्षण

IMG_20221221_161223.jpg

राजगञ्ज: मंगलवारको दिन पाइप लाइनको खनन कार्य भइरहेको ठाउँको खाडलमा माटो ल्याउन गएका दुईजना महिला माटोले पुरिएर गम्भीर रूपमा घाइते भएको थियो।यो घटना घटेपछि तृणमूल नेताहरूले इलाकाको निरीक्षण गरेका थिए। आज बिन्नागढी ग्राम पञ्चायतको प्रधान शशिचन्द्र बर्मन, बिन्नागढीको क्षेत्रीय अध्यक्ष समीजुद्दीन अहमद, विजय दास लगायत केही अन्य नेताहरूले पनि घटनास्थलको निरीक्षण गरे। ज्ञात रहोस, राजगञ्जको लक्ष्मीजमादारगछ इलाकामा ग्यास पाइप लाइनको खनन् कार्य चलिरहेको छ भने हिज मंगलवार अपरान्हको समय बलराम पावरग्रेड इलाकाको तीनजना महिला पाइप लाइनको खाडलमा माटो ल्याउन जाँदा दुर्घटनावश मीना पासवान र वीना पासवान दुई जना महिला माटोले पुरिएर घाइते भएका छन्। तत्कालै स्थानीय मानिसहरूले सहयोगमा तिनीहरूलाई खाडलबाट माटोले पुरिएको अवस्थामा निकालिइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement