अलिपुरद्वार। मोटरसाइकल सफारीको ठक्करबाट मदारीहाटका दिनेश लखोटिया र वीरपाराका शान्ति लामा गम्भीर घाइते भएका छन्। बुधबार बिहान लगभग ११ बजी एसियाली राजमार्ग नम्बर ४८ को तोतोपारा चोक नजिकैको क्षेत्रमा उक्त घटना भएको हो।
यात्री लिन बस अचानक रोकिएको बताइएको छ। बसलाई ओभरटेक गर्ने क्रममा सफारीले बसलाई ठक्कर दिएको थियो। सोही क्रममा अगाडिबाट आइरहेको मोटरसाइकल पनि सफारीसँग ठोक्किएको थियो। स्थानीय स्रोतअनुसार घटनामा गम्भीर घाइते भएका दुईजनालाई सिलगढी रिफर गरिएको छ।









