अजयको अनितलाई पत्र

1668221755_ajoy-anit.jpg

दार्जीलिङ: सोम चियाबारीको जीर्ण बाटोको जीर्णद्वारबारे पहल गरिदिने अनुरोध गर्दै अजय एडवार्डसले अनित थापालाई पत्र लेखेको छ। गत १७ दिसम्बर २०२२ को दिन सभासद अजय एडवार्डसले जीटीए चीफ अनित थापालाई एक पत्र पठाएका छन्। पत्रमा सभासद अजय एडवार्डसले सोम चियाबारी क्षेत्रको साधरण जनता जर्नादाहरू आफ्नो क्षेत्रको जीर्ण अवस्थामा पुगेको बाटोको गुनासो लिएर आफु कहाँ भेटन आएका थिए।सोम चियाबारीको बासिन्दाहरूले बाटोको एक पटक भ्रमण गरिदिने अनुरोध गरेको हुनाले जनताको अनुरोधलाई शिरोपर गर्दै १६ दिसम्बर शुक्रबारको दिन हाम्रो पार्टीको दुइजना सभासदहरूलाई साथमा लिएर भ्रमणमा गएका थिए। सोम फाटकदेखि जामुने पयर्टन स्थलसम्मको बाटोको अवस्था साच्चै नै जीर्ण रहेको पायौ।स्थानीय मानिसहरू लगायत गाडी चालकहरूलाई मरमतीको कार्य गरेको हुनाले विमारीहरूलाई उपचारको निम्ति अस्पताल पुऱ्याउँन, विधार्थीहरूलाई स्कूल जान सक्ने अवस्थामा रहेको छ। स्थानीय गाडी चालकहरूको भनाईअनुसार दार्जीलिङदेखि छिमिकी राज्य सिक्किम जाने बाटोमा पैह्रो आदि जान्दा सोम चियाबारीकै बाटो भएर गाडीहरू आवात जावात हुने गर्छ भन्ने आफुलाई बताएको सभासद एडवाडर्सले जीटीए चीफ अनित थापा लाई लेखेको पत्रमा उल्लेख गरेका छन्।सोम चियाबारी जाने बाटोको जीर्ण अवस्थामाथि सम्बन्धित विभाग अनि विभागीय अधिकारीहरूको ध्यान आकर्षण गर्न गत केही दिन अघिदेखि धरनामा बसेका समाजसेवी भरत तामाङसँग पनि आफुहरूले भेट गरेको पत्रमा जानकारी गराएका छन्। सभासद अजय एडवार्डसले जीटीए चीफ अनित थापालाई लेखेको पत्रमा जीटीए एक्र्ट २०११ को उल्लेख गर्दै कुनै पनि क्षेत्रको विकाश गर्न हो भने त्यस क्षेत्रको सर्व प्रथम बाटोको निर्माण कार्य हुन अति नै जरूरी बन्छ। यी विषयहरूलाई ध्यानमा राख्दै जीटीएको पक्षबाट सम्बन्धित विभागीय अधिकारीहरूलाई सोम चियाबारीको बाटोको अवस्था बुझ्न पठाई दिनु भए आभारी रहनेछ। आम जनताको पक्षमा अविलम्ब न्याय होस भन्ने अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement