फीफा वर्ल्ड कपको इतिहासमा अहिलेसम्मको सबैभन्दा रोमाञ्चक फाइनलमा पराजित भएर फ्रान्सको टीम स्वदेश फर्किँदा उनीहरूलाई सेण्ट्रल पेरिसमा हजारौं समर्थकहरूले भव्य स्वागत जनाए। कीलियन एम्बाप्पे र अन्य खेलाड़ीहरू स्थानीय समयानुसार राति ८ बजी चार्ल्स डी गल एयरपोर्टमा ओर्लिए। खेलाड़ीहरू अनुहारमा उदासी लिएर विमानबाट ओर्लिए तर एयरपोर्टका कर्मचारीहरूले थ्यांक यू र पेरिस लव्स यू जस्तो साइन बोर्डको साथ उनीहरूलाई स्वागत जनाए। टोलीले यसमा विशेष ध्यान चाहिँ दिएन। अर्जेण्टिना विरुद्ध फाइनलमा पेनल्टी शूटआउटमा हारको निराशा खेलाड़ीहरूका अनुहारमा स्पष्ट रहेको थियो। एयरपोर्टबाट उनीहरू बसमा सवार भएर प्लेस डे ला कनकोर्ड पुगे, जहाँ हजारौं समर्थकहरू उनीहरूका प्रतीक्षामा रहेका थिए। समर्थकहरूका उत्साह देखेर चाहिँ टीममा पनि उत्साह देखियो। यसको विपरीत फ्रान्स २०१८-मा विश्व च्याम्पियन बनेर फर्किँदा चाहिँ सर्दीको मौसमले गर्दा टीमको च्याम्प्स एलिसीजमा यस्तो परेड भएको थिएन। यसपाली खेलाड़ीहरूका साथमा प्रशिक्षक दिदिएर डेसच्याम्प्स होटल डी क्रिलान- को बालकनीमा आउँदा समर्थकहरूले राष्ट्रध्वज लहराएर अनि ला मार्सिलाइज गीत गाएर उनीहरूलाई स्वागत जनाए।









