फीफा वर्ल्ड कप २०२२- को रोमाञ्चक फाइनलमा अर्जेण्टिनाले फ्रान्सलाई पराजित गरी ट्रफी जित्यो। यसरी ३६ सालपछि च्याम्पियन बन्ने अर्जेण्टिनालाई लगभग ३५० करोड़ रुपियाँको पुरस्कार राशि प्राप्त भयो। फ्रान्सको खातामा २४८ करोड़ रुपियाँ पऱ्यो। यसरी नै तेस्रो स्थानमा रहने क्रोएशियालाई २२३ करोड़ रुपियाँ अनि चौथो स्थानमा रहने मोरक्कोलाई २०६ करोड़ रुपियाँको पुरस्कार राशि हासिल भयो। चाखलाग्दो कुरा के छ भने फीफाले कतरमा जम्मा ३५०० करोड़ रुपियाँको पुरस्कार राशि बाँड़्यो। यसैकारण फीफासँग यति धेर पैसा कहाँबाट आयो अनि फीफालाई वर्ल्ड कपबाट कति कमाई भयो भन्ने प्रश्न उठ्नु स्वाभाविक कुरा हो।
टुर्नामेण्ट शुरु हुन अघि फीफाले कमर्शियल राइट्सबाट ३८ हजार करोड़ रुपियाँ कमाई गर्ने अन्दाज लगाइएको थियो तर कतरमा भएको वर्ल्ड कपबाट जम्मा ६१ हजार रुपियाँको कमाई भयो। यो राशि अनुमानित आयभन्दा दोब्बर हो। रुसमा २०१७-मा भएको गत वर्ल्ड कपमा यो राशि ८ हजार करोड़ रुपियाँभन्दा अधिक थियो। यस बम्पर कमाईको कारण ट्रान्सपोर्ट सेविंग बताइएको छ। विशेषज्ञहरूका भनाइअनुसार, वर्ल्ड कपका म्याचहरू एउटै देशको एउटै शहरमा भयो। यसले फीफाको लागतमा कमी अनि आयमा बढ़ोत्तरी भयो। साल २०२६-मा अमेरिका, कनाडा र मेक्सिकोमा हुने आउँदो वर्ल्ड कपमा फीफाले ९० हजार करोड़ रुपियाँभन्दा अधिक कमाई गर्ने अनुमान रहेको छ।
साल १९०४- मा गठित फीफा एउटा नन प्रफिट संस्था हो, जसको उद्देश्य पैसा कमाउनु होइन। यस खेलबाट जति पनि रेभेन्यू हासिल हुन्छ, त्यसलाई खेललाई अझ असल बनाउनमा खर्च गरिन्छ। फीफाको कमाईको ठूलो माध्यम टेलिभिजन राइट्स हो। यसबाहेक मार्केटिंग राइट्स, स्पन्सर, रिजनल स्पोर्ट्स र नेशनल स्पोर्ट्सबाट पनि कमाई हुन्छ। रोयल्टी र ब्राण्ड लाइसेन्सिंगबाट पनि फीफाको मोटो कमाई हुन्छ। यसरी नै जुन देशलाई फीफा टुर्नामेण्टहरू आयोजन गर्ने अधिकार हासिल हुन्छ, त्यहाँ म्याचहरूका टिकट बिक्रीबाट पनि संस्थाले अरबौं रुपियाँको कमाई गर्छ। कतरमा भएको वर्ल्ड कपमा नक्आउट राउण्डमा एउटा टिकटको मूल्य १५ लाख रुपियाँसम्म रहेको थियो।









