निशुल्क स्वास्थ्य जाच शिविरको आयोजना

IMG-20221220-WA0207.jpg

आस्था पेरामेडिकल एन्ड हेल्थ इन्स्टिच्युट अनि आनन्द मार्ग युनिभर्सल रिलिफ टिम र इन्नर विल क्लब अफ सिलीगुडी मित्तलको संयुक्त आयोजनामा मंगलाबार दागापुरको ट्राइबल बस्तीमा निशुल्क स्वास्थ्य जाच शिविरको आयोजना गरेको थियो। सो अवधि उपस्थित मानिसहरूलाई औषधी, बिस्कुट  लगायत लुगाफाटाहरू बितरण गरिएको थियो। शिविरमा साना नानीहरू देखि लिएर ठुला बुजुर्गहरू सम्म गरी २०० अधिकको उपसमिति रहेको थियो। जसले उक्त शिविरको  लाभ उठाएका छन्। कार्यक्रमको उद्देश्यबारे बोल्दै आयोजक समितिले जनाएअनुसार क्षेत्रका असहाय मानिसहरूलाई  सहयोग गर्न तथा बिमारीलाई  निशुल्क जाच गर्नु नै आफूहरूको उद्देश्य रहेको थियो। सो अवधि डा. सुरेन्द्र गिरीको उपस्थितिमा क्षेत्रका रोगी व्यक्तिहरूलाई निशुल्क स्वास्थ्य जाच पनि गरेका थिए। डा. सुरेन्द्र गिरीले कोभिड संक्रमणको समयमा निशुल्क मेडिकल क्याम्प गर्दै निशुल्क औषधि वितरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ग्रामीण क्षेत्रका मानिसहरू, जस्लाई पनि स्वास्थ्य जांचलाई लिएर कुनै पनि जरूरत छ, उनीहरूलाई परामर्श दिनदेखि अन्य कुरामा पनि तिनले सहयता पुर्याइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement