गान्तोक: सिक्किम प्रोफेशनल यूनिभर्सिटीका रेजिस्टार लेफ्टिनेन्ट जेनरल डा. एके मिश्रले अन्य पदाधिकारीहरूको साथमा राजपाल गंगा प्रसादसित राजभवनमा शिष्टाचार भेट गरे। भेटघाटको क्रममा राज्यमा उच्च शिक्षाको विकासलाई लिएर गम्भीर चर्चा भयो।
सिक्किम प्रोफेशनल यूनिभर्सिटीका प्रतिनिधिहरूसित कुराकानी गर्दै राज्यपाल गंगा प्रसादले भारतको नयाँ शिक्षा नीति २०२० माथि आफ्नो वाचरहरू व्यक्त गरे। विद्यार्थीहरूलाई संस्कारित, गुणस्तरीय र राजगार उन्मुख शिक्षा प्रदान गर्नु सबै शिक्षण संस्थानको कर्तव्य रहेको राज्यपालले बताए। बातचितको अन्तमा राज्यपालले सबै अतिथिलाई कफी टेबल बुक र गायन्त्री मन्त्र लिखित थाङ्का प्रदान गरे।








