पाकिम जिल्लामा गरियो फेयर प्राइस शपको निरीक्षण

IMG-20221220-WA0240.jpg

गान्तोक: भारत सरकारको खाद्य, सार्वजनिक वितरण कार्यक्रम अन्तर्गत पाकिम जिल्लाका दोकानहरूको निरीक्षण गरियो। यस अवसरमा विशेष गरेर पाकिम जिल्लाकी अतिरिक्त जिल्लापाल अनुपा तामलिङ, डीसीएसओ भीम प्रधान, एएसआई पवन शर्मा लगायत विभागका अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। आज विभागका अधिकारीवर्गले पाकिम जिल्लामा रहेका फेयर प्राइस शपको निरीक्षण गरे। भारत सरकारको निर्देश बमोजिम दोकानहरूको निरीक्षण गरिएको हो भने दोकानेहरूले मापदण्ड पुरा गरेको छ की छैन् भनेर निरीक्षण गरिएको हो। निरीक्षणको क्रममा केही दोकानेहरूले मापदण्ड पुरा गरेको र केहीले पुरा नगरेको फेला परेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement