खरसाङ: खरसाङ क्षेत्रमा समाजसेवी गोपाल छेत्रीले खाना पकाउने घरेलु ग्यास सम्बन्धी जनसाधारणलाई जनचेतना जगाउने कार्य निरन्तर रूपले गरिरहेका छन्। यसै क्रममा उनले आज खरसाङ नगरपालिकाको अन्तर्गत वार्ड नम्बर २०-को दोकान डाँड़ामा आयोजित एउटा कार्यक्रममा खाना पकाउने घरेलु ग्यास प्रयोग तथा यसलाई वितरण गर्ने प्रणालीबारे अवगत गराए। उनले स्थानीय गाउँवासीलाई खरसाङ क्षेत्रमा ग्यास वितरण प्रणाली ठीकसँग नभइरहेको अवगत गराउँदै यसको निम्ति खुलेर अघि आउने आह्वान पनि गरे। स्थानीय ग्रामवासीले यसरी आफुहरूलाई ग्यास सम्बन्धमा उचित जानकारी दिएकोमा गोपाल छेत्रीप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझ यसबारे विस्तृत जानकारी गराउने आग्रह गरेका छन्।









