गान्तोक: एसडीएफ पार्टीका संस्थापक सदस्य तथा पश्चिम जिल्ला प्रचार प्रसार उपाध्यक्ष वाईके मेगीले एसडीएफ पार्टीको पद तथा प्राथमिक सदस्यताबाट राजीनामा दिएर सत्तारूढ़ एसकेएम पार्टीमा सामेल भएका छन्। मुख्यमन्त्री तथा पार्टी अध्यक्ष पीएस तामाङले उनलाई पार्टीमा स्वागत जनाएका छन्। एसकेएमद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, वाईके मेगी सोरेङ च्याखुङ निर्वाचन क्षेत्रबाट एसडीएफ पार्टीका संस्थापक सदस्य थिए। उनी एसकेएम पार्टीमा सामेल भएपछि अब सोरेङ च्याखुङ समष्टिबाट एसडीएफ पार्टी पूर्ण रूपमा समाप्त भएको छ।








